stcnepal long ad
ime life insurance
global ime bank long

ह्युन्डाईले नेपाली बजारमा ल्यायो ‘नयाँ कोना इलेक्ट्रिक’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ह्युन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले ह्युन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ।

नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको ह्युन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ।

कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्नेछन्। नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ। नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङजस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ।

एक्टेरियरमा हेर्दा ह्युन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। अब कोना इलेक्ट्रिकलाई एकपटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । जसका कारण यसमा हाई इनर्जी डेन्सिटी रहन गई रेन्ज समेत बढ्ने छ। ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ। जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्ने जनाइएको छ।

कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ एक्सपिरियन्सलाई उच्चस्तरीय बनाउँछ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुनेछ।

पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विस्वास लिएको छ। ईभीका लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ।

हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेसन स्थापना भइसकेको छ। कम्पनीले नेपालमा ईभी बेच्नेमात्र नभएर ईभी कल्चरको नै विकास गर्नका लागि यसै वर्षभित्र ५० चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य लिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ह्युन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोवाइल उत्पादक कम्पनी हो। जसले वार्षिक लाखौँको संख्यामा उत्कृष्ट क्वालिटीका गाडीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

prabhu mahalaxmi
kumari