citizens life insurance long ad
stcnepal long ad

नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ । जानकी मन्दिरमा  शुक्रबार आयोजित एक समारोहबीच नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले क्यूआर कोड र पीओएस उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरेका छन्।

स्वदेशी तथा विदेशी तीर्थयात्रीबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। डिजिटल डोनेसन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरुलाई सहज हुने बैंकको विश्वास लिएको छ।

सोही अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ।

यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवर्द्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।

उक्त समारोहमा बैंकका प्रदेश नं २ का प्रमुख लेखनाथ पोखरेल, जनकपुर शाखा प्रबन्धक दीपेन्द्र ठाकुर तथा बैंकका अन्य पदाधिकारीका साथै जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्ता श्री १०८ श्रीराम तपेश्वर दास वैष्णव, पुजारी ऋषिकेश झा र मन्दिर व्यवस्थापनका पदाधिकारी तथा तीर्थयात्रीहरुको उपस्थिति रहेको थियो ।

IME Life
kumari