५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर १६ गते रु. २५ अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।
बोलकबोल आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिने छ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि मंसिर १७ गते तय गरिएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी मिति फागुन मसान्तसम्म तोकिएको छ। काउन्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नु पर्नेछ।
काउन्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ। (उदाहरणका लागि रु. १०० को ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नु पर्नेछ)
यसैगरी काउन्टर पार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु। १ करोड वा रु। १ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्ने छन्।
तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नु पर्नेछ।
काउन्टर पार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमका आधारमा बहुमूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्ने बताइएको छ।


























