citizens life insurance long ad
stcnepal long ad

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचन लगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।

कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन अझैँ हुन बाँकी रहेको छ । जिल्ला अधिवेशन हुन बाँकी रहेको जिल्लाको अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ ।

जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशन पश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्ने जनाएको छ ।

IME Life
kumari