citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र खुला गर्ने

सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

यसमध्ये ६० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकले जनाएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ ।

सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । मंसिर २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा सबै इकाई बिक्री नभएमा भने पुस ९ गतेसम्म खुला रहनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । सिभिलले ऋणपत्र निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।

IME Life
kumari