citizens life insurance long ad
stcnepal long ad

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरुसँग सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंकले वीरगन्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगन्ज प्रा.लि.सँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको जनाएको छ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सल्टेसन्स जस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

यसका साथै देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुटको फाइदा लिन सक्ने छन्।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ ९बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३० जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको सो बैंकले जनाएको छ।

IME Life
kumari