पाटनढोकामा चिटिक्कको डिजाइनमा स्मार्ट ‘सुलभ सार्वजनिक शौचालय’ निर्माण
ललितपुर । ललितपुर महानगरपालिकास्थित ऐतिहासिक पाटनढोकामा चिटिक्कको डिजाइनमा स्मार्ट ‘सुलभ सार्वजनिक शौचालय’ निर्माण भएको छ । ऐतिहासिक कालमा पाटन सहरबाट बाहिर निस्कने र सहर प्रवेश गर्ने द्वारकै सामुन्ने बनेको उक्त शौचालयको डिजाइन आर्किटेक्टरसबीच प्रतिस्पर्धा गराएर बनाइएको हो ।
बाहिरबाट झट्ट हेर्दा क्याफेझैँ लाग्ने सो शौचालयको डिजाइन प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएको आर्किटेक्टरस निरज महर्जनले बनाउनुभयोे ।
ललितपुर महानगरपालिकाले उपलब्ध गराएको करिब सात सय वर्ग फुटको जमिनमा आकाशे पानी सङरकलन, बायोग्याँस प्लान्ट सहितको शौचालय निर्माण भएपछि सो क्षेत्रमा पेसा, व्यवसाय गर्नेदेखि पर्यटकका लागि समेत सुविधा पुग्ने स्थानीय कनकमणि दीक्षितले बताउनुभयो । ललितपुर महानगरपालिकामा यो दोस्रो स्मार्ट शौचालय हो ।


























