citizens life insurance long ad
stcnepal long ad

मुक्तिनाथ विकास बैंकको मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंक लि।को सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता ५७१.६४ रुपैयाँ कायम गरेको छ ।

यसअघिको अन्तिम कारोबार मूल्य अनुसार यो बैंकको प्रतिकित्ता ६७२.१० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्य अनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले आज मंसिर १५ गतेदेखि मंसिर २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

बैंकले आफ्नो १५ औँ वार्षिक साधारण सभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल जल महलमा बिहान ९ बजेबाट सुरु हुने जनाएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६।८४ पुर्याउने विकास प्रस्ताव पनि पारित गर्नेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा प्राप्ति वा समाहित प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका प्रतिवेदन पारित गर्नेछ।

IME Life
kumari