महिला लघुवित्तको आज अन्तिम कारोबार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम मौका रहेको छ।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको कुल ५० प्रतिशत लाभांश प्रस्तावत गरेको छ। जसमा ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश रहेका छन्।
संस्थाले यही मंसिर २२ गते आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ।






















