stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उदघाटन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ६, पुष्पलाल पार्कस्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा उदघाटन गरेका छन्।

ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको जनाएको छ।

बैंकको व्यवसायको मुख्य आधारका रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा प्रवाह अझै छरितो र व्यवसायसमेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताएका छन।

उदघाटन समारोहमा बैंकका संस्थापकहरु, पत्रकारहरु, ग्राहक महानुभावहरु, बैंकका क्षेत्रीय प्रमुख, तथा कर्मचारीहरुलगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो।

prabhu mahalaxmi
kumari