stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बैंकहरुको निक्षेप रु. ३ अर्बले घट्यो, कर्जा लगानी रु. ११ अर्बले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । पछिल्लो एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ।

गत मंसिर ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ अर्ब रुपैयाँले घटेको देखिएको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको मंसिर १३ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। जुन मंसिर ६ गतेसम्मको तुलनामा ११ अर्ब रुपैयाँले बढी हो। मंसिर ६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो।

पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ३ अर्ब रुपैयाँले घटेको छ। गत मंसिर ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २८ अर्ब रुपैयाँ रहेकोमा मंसिर १३ गतेसम्म घटेर ४२ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको छ। मंसिर ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ४८ अर्ब रुपैयाँ रहेकोमा मंसिर १३ गतेसम्म बढेर ४० खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.३१ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ४.९६ प्रतिशत रहेको छ। हाल बैंकिङ प्रणालीमा अधिक तरलता १४ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari