citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टीकापुरमा हिमालयन बैंकको शाखा विस्तार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित टीकापुर नगरपालिका–१ जमरापारीमा आज मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याइएको सो बैंकले जनाएको छ । बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ ।

बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूरपश्चिम प्रदेशको सातौँ शाखा हो। टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले वताएका छन।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५ हजारभन्दा बढी पीएसओ टर्मिनलहरु पुगेका छन्।

himalayan life insurance
igi long