stcnepal long ad
global ime bank long

नबिल इक्विटी फन्डको प्रति इकाई खुद मूल्य (न्याभ) घटे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कात्तिक मसान्तसम्म आइपुग्दा नबिल इक्विटी फन्डको प्रति इकाई खुद मूल्य (न्याभ) घटेको छ । एक महिनाको अवधिमा न्याभ २७ पैसाले घटेर १३ रुपैयाँ ४८ पैसामा सीमित भएको छ ।

असोज महिनामा यसको न्याभ १३ रुपैयाँ २१ पैसा थियो । यसअवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी १ करोड ६ लाख १५ हजार रुपैयाँले घटेर १ अर्ब ३३ करोड ८२ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।

असोज महिनामा यसले १ अर्ब ३४ करोड ८८ लाख ५६ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको थियो । गत महिना ६ करोड ९३ लाख ८५ हजार रुपैयाँ रहेको बैंक मौज्दात यो महिना ६ करोड ५८ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ ।कात्तिक महिनामा नबिल इक्विटी ६ करोड २१ लाख ४९ हजार रुपैयाँ कुल नोक्सानमा छ । 

IME Lifesidebar
kumari