कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
काठमाडौं । नेपाल प्रहरीले कोटेश्वरस्थित ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका पाँचजनालाई सहित ६ लाख ५८ हजार रुपैयाँ नगद रकम सहित पक्राउ गरेको छ । उनीहरुका साथबाट नगद सहित २० बुक तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गत सोमबार राती कोटेश्वर स्थित कोटदेवी मन्दिर नजिक कार्कीको साँढे तीन तल्ले पक्की घरको तेश्रो तल्लामा जुवातास खेलाईरहेको अवस्थामा घर धनी कार्की सहित पाँच जुवाडे र उक्त रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी तथा जुवा खेलाउने कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना, रामेछापका सागर केसी रहेको प्रहरीले जनाएको छ ।























