citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज मंसिर १३ गते मेगा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज मंसिर १३ गते मेगा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । बैंकले साधारण सभा र लाभांश प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्दै छ ।

तसर्थ, आजसम्म कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर २.०७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

बैंकको ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः१५ बजेदेखि सभा सुरु हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि सभामा छ ।

यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

himalayan life insurance
igi long