ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन पछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ ।
नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि यसले आज मंसिर १३ गते बुक क्लोज गरेको छ ।
गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १० प्रतिशतबोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ ।
साथै, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । ग्लोबलको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । प्रतिशत























