आज मंसिर १२ गते ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते आइतबार अन्तिम दिन हो । बैंकले साधारण सभा र लाभांश प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ ।
साथै, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । ग्लोबलको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।






















