citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनआईसी एशिया बैंकका नियमित र बिदा काउण्टर यथावत सञ्चालन हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एशिया बैंकको नियमित र बिदा काउण्टर यथावत सञ्चालन हुने भएको छ ।

बैंकको नियमित काउण्टर सेवाहरू ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

बैंकले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरू मार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरा स्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरू मार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

तसर्थ हाल यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू चैत १० गतेदेखि बन्द रहनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । बैंकले अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको छ ।

gold
himalayan life insurance long ad