stcnepal long ad
national life

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंकका तर्फबाट ११ लाख ११ हजार सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६
ललितपुर । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।
बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलव सहित समावेश गरी सरकारले सञ्चालन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।
कोरोना नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री, पीपीई, स्वास्थ्य उपकरण, नमुना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्क सामग्री र स्वास्थ्य व्यवस्थापका लागि सहयोग गर्न बैंकले देशभरका सहकारी संघ संस्थाहरुलाई समेत अपिल गरेको छ ।

बैंकका देशभर रहेका ४४ वटा शाखा मार्फत रकम जम्मा गर्न अपिल गर्दै बैंकले उक्त रकम नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने जनाएको छ ।
बैंकका तर्फबाट अध्यक्ष के.बी. उप्रेतीले सोमबार एक अपिल प्रकाशन गरी कोरोना संक्रमण विरुद्ध सहकारी बैंकको प्रयास, संकटको समयमा सहकारी बैंकको सेवा र बैंकका तर्फबाट देशभरका सहकारी संघ संस्था तथा आम जनसमुदायमा सचेतनाका लागि अनुरोध गर्नु भएको छ ।
कोरोना संक्रमण विरुद्ध बैंकले प्रदेश स्तरमा सहकारी संघ संस्थाहरु मार्फत क्वारेन्टाइन बनाउने कार्यक्रममा सहकार्य गर्ने, सहकारी बैंकका सदस्यहरुलाई कोरोना प्रभावका कारण तरलता अभाव भएमा तरलता व्यवस्थापनका लागि अल्पकालिन ऋण (कोरोना तरलता) को व्यवस्था गर्ने, सदस्य सहकारीहरुलाई आवश्यक पर्ने नगदको आवश्यक व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैंकले प्रदान गर्दै आएका सेवाहरु मध्ये सन्ध्याकालिन काउन्टर अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको, कार्यालयमा काम गर्ने कर्मचारीको सुरक्षाको व्यवस्थाका साथै आलोपालो काम गर्ने व्यवस्था गरिएको गुरागाईले बताउनुभयो । कार्यालय भन्दा बाहिर गएर गरिने मार्केटिङ,, संस्था निरीक्षण, तालिम लगायतका काम स्थगन गरिएको छ ।
बैंकले सहकारी र आम समुदायका लागि अनावश्यक नगद वा जिन्सी सञ्चिती नगर्न, विद्युतीय माध्यम वा आइपीएसबाट हुने कारोबारलाई प्राथमिकता दिन, सरसफाईमा उचित ध्यान दिन, अति आवश्यक बाहेक घर बाहिर ननिस्कन, भीडभाडदेखि टाढा रहन, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन लगायतका आधिकारीक संस्थाबाट जारी गरिएको सूचनामा भर पर्न तथा हल्ला अनाधिकृत समाचार र अफवाहरुबाट भ्रमित र प्रभावित नहुन, चिकिस्तक, विज्ञ तथा प्राविधिकहरुको सल्लाह पालना गर्न, धैर्य हुन, संयमता अपनाउन, सावधान रहन र आतंकित नहुन आव्हान गरेको छ ।

gold
kumari bank
kumari
nawakantipur long