मेगा बैंकको नयाँ शाखा काँकडभिट्टामा विस्तार
काठमाडौं । काँकडभिट्टामा मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
यससँर्ग अब मेगा बैंकको शाखा कार्यालयको संख्या २०२ पुगेको छ । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।






















