citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु बैंकको कारोबार नेप्सेले फुकुवा गर्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु बैंकले अवदेखि कारोबार समयमा सञ्चालक समितिको बैठक नबस्ने प्रतिवद्धता व्यक्त गरेपछि नेपाल स्टक एक्सचेन्जले कारोबार फुकुवा गरेको छ । नेप्सेले बिहीबार बैंकको शेयर कारोबार रोक्का गरी स्पष्टिकरण पेश गरेको थियो ।

बैंकले कार्तिक २३ गते दिउँसो एक बजेदेखि तीन बजेसम्म सञ्चालक समितिको बैठक मार्फत लाभांशको प्रस्ताव गरेको थियो । यसरी दोस्रो बजारको कारोबार समयमै लाभांश घोषणा गरेपछि नेप्सेले स्पष्टिकरण माग गरी कारोबार रोक्का गरिदिएको थियो ।

नेप्सेले मागेको स्पष्टिकरणमा बैंकले आगामी दिनमा कारोबार समयमा संचालक समितिको बैठक बसि लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ । उक्त प्रतिवद्धता सँगै नेप्सेले कार्तिक २६ गतेदेखि कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

himalayan life insurance
igi long