sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

समाचारदातालाई काममा फर्काउन प्रेस काउन्सिलको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रेस काउन्सिल नेपालले गोरखापत्रमा कार्यरत समाचारदाता (स्ट्रिञ्जर) लाई काममा फर्काउन सो सञ्चार संस्थासँग आग्रह गरेको छ । काउन्सिलले आज कार्तिक २६ गते प्रेस विज्ञप्ति मार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदाता (स्ट्रिञ्जर ) लाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ ।

काउन्सिल अन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विषयमा काउन्सिलमा उजुरी समेत परेकाले अध्ययन भैरहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले केही सञ्चार गृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलव्ध नगराइएको र सेवाबाटै निष्काशन गरेको प्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य नगर्नरनगराउन सम्वद्घ सबै पक्षसँग आग्रह गरेको छ ।

prabhu bank
nawakantipur long