sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मेगा बैंकको मुनाफा ५० प्रतिशतले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंकको मुनाफा ५०.४७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा ६० करोड ७९ लाख रुपैयाँ मात्रै थियो ।

तर खुद व्याज आम्दानी भने १३.९६ प्रतिशतले मात्रै सुधार भएको छ । बैंकले यस अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गर्न सफल भएको छ । बैंकले खराब कर्जा सल्टाए साथै अन्य आम्दानी मार्फत मुनाफा बढाएको हो ।

बैंकको खराब कर्जा १.०१ प्रतिशतबाट ०।८९ प्रतिशतमा झार्न सफल भएको छ । तीन महिनाको अवधिमा निक्षेप संकलन तथा कर्जा लगानी एउटै अनुपातमा छ । यस अवधिमा बैंकले एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १६ रुपैयाँबाट २४ रुपैयाँ पुर्याएको छ ।

prabhu bank
nawakantipur long