sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनआईसी एशिया बैंकको नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एनआईसी एशिया बैंक लिमिटेडले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.९३ प्रतिशत बढेको छ । साथै, असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बैंकको चालु आर्थिक वर्षको तीन महिनामा जगेडा कोष ११.३१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत घटेको छ । साथै कर्जा ६.२६ प्रतिशत बढेको छ ।

prabhu bank
nawakantipur long