बढायो नबिल बैंकले नाफा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा ७.३९ प्रतिशत ले बढेर १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । तथापि, इम्पेयरमेन्ट चार्च बढ्दा नाफा सामान्य मात्रै बढेको हो ।
यस अवधिमा इम्पेयरमेन्ट चार्च १७ करोड ५६ लाख ८२ हजार रुपैयाँ छ । गत वर्ष यो २७ करोड ५९ लाख ९० हजार रुपैयाँ रिभर्स रहेको थियो । खुद ब्याज आम्दानी ४२.४१ प्रतिशत ले बढेर २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ५७ करोड ४० लाख १५ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा ७.१३५ ले बढेर १ अर्ब ५८ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ । यता, वितरणयोग्य नाफा भने घटेको छ । वितरण योग्य नाफा २९।५२५ ले घटेर ८५ करोड १९ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष ३९ रुपैयाँ ९४ पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्ष ३२ रुपैयाँ ११ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा छ ।