citizens life insurance long ad
stcnepal long ad

नक्साल भाटभटेनी सुपर मार्केटमा क्यू आर कोड सेवा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ । आज कात्तिक ११ गते बिहीबारका दिन नक्सालस्थित भाटभटेनी सुपर मार्केटको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले QR Code Payment System को समुद्घाटन गर्नुभएको हो ।

समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीज्यूले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्नु हुँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभयो ।

अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्फत डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी नक्साल भाटभटेनी सुपर मार्केटमा आर्थिक कारोबार गर्ने सम्पूर्ण उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

IME Life
kumari