stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

धादिङको गजुरीमा दिगो नबिल बैंकद्धारा बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

बैकका संचालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा आज आयोजित एक कार्यक्रमबिच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी मार्फत स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने बताए ।

 

prabhu mahalaxmi
kumari