citizens life insurance long ad
stcnepal long ad

बागमती प्रदेशमा नयाँ सरकार गठन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा(एकीकृत समाजवादी) का संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन।

वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका हुन् ।

यसैगरी मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिस अनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेश सभाका सदस्य नेकपा (माओवादी केन्द्र) कि कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, नेपाली कांग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा (एस) का कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

प्रदेशसभाका ५९ जना सदस्यको समर्थन सहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन रहेको छ ।

बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य रहेका छन् ।

IME Life
kumari