stcnepal long ad
global ime bank long

नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लि।ले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको कार्तिक १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गर्ने निर्णय गरेको छ।

ज्ञवालीको एक वर्ष एक महिनामा बढुवा भएको हो। नबिल बैंकको इतिहासमा यति छोटो अवधिमा उच्च तहमा बढुवा हुने ज्ञवाली पहिलो व्यक्ति भएको स्रोतले बतायो ।

उनी २०७६ भदौंमा नविल बैंकमा नायब महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसअघि उनले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए ।

ज्ञवालीसँगै नविलमा ३ जना महाप्रबन्धक भएका छन् । यसअघि सुजित शाक्य र बिनय रेग्मी पनि महाप्रबन्धक पदमा कार्यरत छन् । नविलमा प्रमुख कार्यकारी अधिकृतपछिको पद महाप्रवन्धक हो ।

रेग्मी सोही बैंकका पुराना कर्मचारी हुन् भने ज्ञवाली र शाक्य एक वर्षअघि मात्र सो बैंकको उच्च व्यवस्थापनमा नियुक्त भएका हुन् । शाक्य यसअघि जनता बैंकमा डेपुटी सीइओ थिए ।

आगामी २०७९ असार मसान्तमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सकिदैछ । त्यसपछि तीन जना डेपुटी सिइओ मध्येबाट एक जनालाई सीईओ बनाउने सम्भावना रहेको छ ।

नविल बैंकमा पुराना कर्मचारीहरुको व्यवस्थापन निकै चुनौतिपूर्ण बनेको छ । पुराना कर्मचारीहरुलाई विदा गर्न ४८ महिना तलव सुविधा सहित ल्याएको स्वेच्छिक अवकाश योजनामा पनि भाग नलिएका, बैंकको नियमित काममा पनि जाँगर नभएका कर्मचारी बैंकमा उल्लेख्य भएकोले बैंकको सेवा सुस्त बन्दै गएको चर्चा पनि छ ।

पहिल्यै नबिलको सिईओ भैसकेका र मेगा बैंक हुँदै तीन वर्षअघि फेरि नबिल पुगेका नरम स्वभावका अनिल केशरी शाहबाट पुराना कर्मचारी परिचालन कम प्रभावकारी भएपछि कडा स्वभावको प्रमुख कार्यकारी अधिकृत भित्र्याउने सोचमा बैंक सञ्चालक समिति रहेको बुझिएको छ ।

नविल बैंकमा नेपाल बंगलादेश बैंक मर्जको सम्भावना पनि छ । उक्त मर्ज भएमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नबिलको सीईओ बन्ने अनुमान पनि धेरैले गरेका छन् । नेपाल बंगलादेश बैंकबाट ढुंगानाले यही पुसबाट अवकाश पाउँदैछन् ।

IME Lifesidebar
kumari