citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

निक्षेपमा ब्याजदर बृद्धिले सेयरमा लगानी घटन सक्ने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । लामो समय निरन्तर बढेको सेयर बजार परिसूचक ३२०० पुगेपछि लगातार घटिरहेको छ । कहिले नेपाल धितोपत्र बोर्डको बदनियतपूर्ण ५१ कम्पनीको सुची त कहिले नेपाल राष्ट्र बैकको सेयर धितो कर्जा सम्बन्धी नयाँ व्यवस्था जस्ता कारणले बजारमा भारि करेक्सन आइसकेको छ ।

दशैं विदा सकिए लगत्तै बढ्ने ठानिएको बजारमा सोमबार फेरि भारि करेक्सन देखियो । बैंक तथा वित्तीय संस्थाहरुले अनपेक्षित रुपमा ब्याजदर बढाइदिए पछि त्यसको नकारात्मक असर शेयर बजारमा परेको देखिएको छ।

सेयर बजारलाई मुख्य गरेर ब्याजदरले नै प्रभाब पार्ने गर्छ । तरलता अधिक हुँदा धेरै ब्याजदर घटेकोमा लकडाउन खुलेपछि ऋणको माग बढेसँगै तरलतामा केही दवाब आएर बैंक तथा बित्तीय क्षेत्रमा समस्या देखिएको छ ।

यो सँगै केही बाणिज्य बैंक र खासगरि विकास बैंक तथा फाइनान्स कम्पनीलाई आफ्नो निक्षेप जोगाउन समस्या हुँदा ब्याजदर बढाउने बाध्यता आइ लागेको देखिन्छ ।

यसै बिषयमा बैंकर तथा अर्थशास्त्रीहरू बैंक दरको बृद्धिको कारण सेयर बजारमा उतार चढाव आउने,सेयर बजारमा केही समय लगानी घटन सक्ने विश्लेषण गर्छन।

अर्थशास्त्रीहरू मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्नुलाई अस्वभाविक मान्नु हुँदैन भन्छन । किनकी सधैं ब्याजदर न्यून बिन्दुमा रहँदैन ।

पहिले पनि ८ प्रतिशतसम्म थियो । सेयर बजारमा लागेका कोही पनि मानिसले फिक्स्ड डिपोजिटमा लगेर पैसा राख्दैन । ब्याजदर १४ प्रतिशतसम्म नै पुग्यो भने सामान्य असर गर्ला तर, ११ प्रतिशत पुग्दैमा खासै असर गर्दैन।

अहिले दसैंको समयमा किनमेल र ऋण तिर्नुपर्ने कारणले तरलतामा दवाब सिर्जना भएको हुनसक्छ । बैंकभन्दा बढी ब्याज त सहकारीले पनि दिन्छन, तर बिश्वासको कारण मानिसले पैसा सहकारीमा राख्दैनन् । घरयासी ऋणमा ३६ प्रतिशत व्याज पाइन्छ ।

तर यसरी व्याज पाइन्छ भनेर कसैले घरायसी ऋण लगानी गर्दैनन। यसमा सुरक्षा छैन। एफडिको पैसा भनेको चाहेको बेला झिक्न पनि मिल्दैन । तर सेयरमा लगानी गरेको पैसा आबश्यक भए दुई(चार दिनमै पनि पाइन्छ ।

लगानीकर्तालाई अहिले धेरै अत्तालिने आवश्यकता छैन । ब्याजदरमा अस्वभाविक र अस्वस्थ खालको प्रतिस्पर्धा हुन थाल्यो भने नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने हुन्छ र हस्तक्षेप गरि व्याजदर निर्धारण गरिदिन पनि सक्छ,व्याज सीमा तोकी दिन सक्छ।

अहिलेको बैंक तथा बित्तीय संस्थाले गरेको ब्याज वृद्धिलाई स्वभाविक मानिदैछ। पहिले सनराइज बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले निक्षेपमा व्याजदर बढाए ।

त्यसकै कारण एनआईसी एशिया बैंक लगायतले पनि आफ्नो डिपोजिट जोगाउन ब्याज बढाउन बाध्य भए । सीडी रेसियो टाइट भएका कारण नै अहिलेको अवस्था आएको देखिन्छ । बजारमा तरलता अभाव रहेको र रेमिटान्सको ग्रोथ पनि कम भएको कारण पनि तरलता नहुँनु हो ।

भारत एफडिआइ (फरेन डाइरेक्ट इन्भेष्टमेन्ट) पनि आएको छ, तर तरलताको अभाव नै छ । नेपालमा एफडीआइ आएको पनि छैन । सरकारी खर्च पनि भने जस्तो नभएकोले अहिले तरलताको अभाब भएको हो ।

संसारभर मुद्रास्फिति बढेको छ । नेपालमा पनि बढ्न सक्छ । माग र आपूर्तिले चलेको बजारमा कर्जाको माग बढेको समयमा अहिले केही अंक ब्याज बढ्नु सामान्य कुरा हो ।

himalayan life insurance
igi long