sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोगमा ल्याउने सम्बन्धी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्स बीच बजेट ३६० सफ्टवेयर (अटोमेटेड बजेटिङ्ग सोलुस) प्रयोगमा ल्याउने सम्झौता भएको छ ।

सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले हस्ताक्षर गरेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ्ग गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य छ ।

यसका लागि बजेटको निर्माण, बाँडफाँट, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने इन्फोडेभलपर्सका सुवेदीले बताए ।

बैंक तथा वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्‍याउने बजेट ३६० स्वचालित बजेटिङ्ग प्रणाली हो ।

जसको माध्यमबाट गत वर्षको तथ्याङ्कमा आधारित रहेर आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ ।

prabhu bank
nawakantipur long