citizens life insurance long ad
stcnepal long ad

बैंक अफ काठमाण्डू र स्मार्ट डोकोबीच सम्झौता 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डवाहकले स्मार्ट डोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् ।

दशैंलाई लक्षित गरी स्मार्ट डोकोले ०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकका कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने योजना ल्याएको हो ।

यस अफरमा बैंकका कार्डवाहकले आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत भुक्तानी गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम १ हजार ५०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

स्मार्ट दशैं अफरमा बैंकको कार्डवाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सकिने बैंकले जनाएको छ ।

 

IME Life
kumari