stcnepal long ad
global ime bank long

डिजिटल शिक्षा विकासमा सनराइज बैंकको आर्थिक सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले उक्त सहयोग गरेको छ ।

आज कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न पर्याप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको छ ।

यसै कुरालाई मध्यनजर गदै सन्राइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौलाई दुई लाख रुपैंया सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अगाडि बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ बैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताए ।

IME Lifesidebar
kumari