stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

 

नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बीच एक समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेसनल फाइनान्सियल इन्स्टिच्युसन ग्रुप प्रमुख रञ्जु सिगटियाले नबिल बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकोबैंकले जनाएको छ ।
यो सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् भन्दै नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको तथा आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारत भरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको पनि जनाएको छ ।
यस कारण दुवै बैंक यस एमओयू मार्फत सहकार्यका लागि एकसाथ हुँदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रूपमा लाभ उठाउन यस सम्झौताले दुवै बैंकलाई सक्षम बनाउने बैंकले जनाएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले आईसीआईसीआई बैंकस“ग साझेदारी गर्न पाउँदा गर्व लागेको भन्दै यस एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबिच नलेज सेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्ने बताए ।

prabhu mahalaxmi
kumari