citizens life insurance long ad

ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपुर्ण कर्जाका साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका आश्रित परिवार, मानव बेचविखनमा परी उद्वार गरिएका समुदाय तथा क्षेत्रका व्यक्तिहरुलाई ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँंग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरुको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरुलाई उचित अभिमुखीकरणको तालिमको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाको लागि बैंकलाई सिफारिस गर्नेछ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरन्ञ्जिीवी बरालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

IME Lifesidebar
kumari