stcnepal long ad
ime life insurance
global ime bank long

एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६

काठमाडौं । एनआईसी एशिया बैंकले ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरूलाई  ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको हो ।

यो योजना अवधि भर मर्चेन्टहरूले १५ हजार रुपियाँसम्म र ग्राहक महानुभावहरूले १५ सय रुपियाँसम्म नगद प्राप्त गर्न सकिनेछ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ ।

यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari