citizens life insurance long ad
stcnepal long ad
national life

निर्माणाधीन अवस्थाको अक्सिजन प्लान्टलाई कुमारी बैंकले ३ लाख रुपैयाँ आर्थिक सहयोग

Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन अवस्थाको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको बेलका शाखाले बेलका नगरप्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरिएको बैंकका बेलका शाखा प्रमुख अमित झाले बताए । बैंकको आर्थिक सहयोगले अक्सिजन प्लान्ट निर्माणमा थप सहयोग पुग्ने नगर प्रमुख थापाले जानकारी दिए ।

हालसम्म बैंकले १९४ शाखा, १६५ एटीएम, १३ एक्टेन्सन काउन्टर, २८ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

himalayan life insurance
igi long