Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

अनुज मणि तिमिल्सिना कुमारी बैंकको कामु सीईओमा  नियुक्त

civilbank long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज मणि तिमिल्सिना कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

असार ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल असार ३१ गते समाप्त भएकाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तिमिल्सिनालाई दिएको बैंकले जनाएको छ ।


१ साउन २०७८, शुक्रवार ०८:५२ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad