Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज एमाले स्थायी कमिटि र संसदीय दलको बैठक बस्दै

civilbank long ad

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दैछ ।  बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटि बैठकको लागि माधव नेपाल र उनी पक्षका नेताहरुलाई पनि सूचना पठाईएको छ ।

यद्यपी असन्तुष्ट समुह बैठकमा सहभागि हुन्छ वा हुँदैन भन्ने यकिन भएको छैन । नेपाल पक्षका कार्यदल सदस्यहरुकै सुझाव अनुसार स्थायी कमिटिको बैठक डाकिएको संस्थापन पक्षको दावी छ । आजै दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा एमाले संसदिय दलको बैठक पनि बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसदमा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।


१ साउन २०७८, शुक्रवार ०८:३३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad