citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साँग्रिला डेभलेपमेन्ट बैंक र सिप्रदी बीच कर्जा सम्बन्धी सम्झौता

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि र साँग्रिला डेभलपमेन्ट बैंकबीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदका लागि विना कुनै धितोको सहुलियत कर्जा सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त एक हजार पाँच सय जना ग्राहकले टाटा मोटर्स ब्रान्डका पिकअप र कार्गो गाडी खरिदका लागि साँग्रिला डेभलपमेन्ट बैंकबाट विना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा एक प्रतिशतभन्दा कम शुल्कमा प्राप्त गर्न सक्नेछन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थालाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

इच्छुक ग्राहकले पिकअपका लागि ९८०१९०९८९१ र कार्गोका लागि ९८०१०४२८९६ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस सम्झौता पत्रमा साँग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के र सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ प्रालीका देशभरि रहेका सबै डिलर र साँग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ

himalayan life insurance
igi long