stcnepal long ad
dftqc long ad
prabhu bank long ad

सुनिल पोखरेल सिभिल बैंकको सीईओमा नियुक्त

civilbank long ad

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो ।

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो । पोखरेल २०७६ जेठ २ मा सिभिलको डेपुटी सीइओमा नियुक्त भएका थिए ।

पोखरेलले तत्कालिन एनआईसी, नविल, स्टाण्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेका छन ।


२७ जेठ २०७८, बिहीवार २२:३२ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad