citizens life insurance long ad
stcnepal long ad

विपदमा चेम्बरको सहयोग: बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । युथ चेम्बरद्वारा संकलित सामाग्री समेत संलग्न गराई जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त राहत हस्तान्तरण गरिएको हो ।

चेम्बरले पठाएको राहत सामग्रीमा रेडिमेड सर्ट, चिउरा, विभिन्न प्रकारका बिस्कुट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा तथा मास्क, टिसर्ट, दाललगायतका सामग्री रहेका छन् ।

हस्तान्तरण गरिएको राहत सामग्रीमा चिउरा ३४ बोरा तथा विभिन्न परिमाणमा थप चिउरा, कोदोको बिस्कुट ८० कार्टुन, मकै मह बिस्कुट ८३ कार्टुन, चोको चिप्स बिस्कुट ८७ कार्टुन, सेनिटरी प्याड १० कार्टुन, आयो नुन टिसर्ट ७ कार्टुन, टुथपेस्ट १ कार्टुन, टुथब्रस २ कार्टुन, पञ्जा तथा मास्क ३ कार्टुन, अन्य टिसर्ट २ बोरा २५० थान, ‘आक्र्स फुड ’ लेखिएको टिसर्ट १ बोरा ७३ थान तथा दाल १ सानो बोरा (१० केजी) रहेको छ ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालले सहकार्य गरी बाढी प्रभावित नागरिकका लागि विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ । जसमा खानेपानी, चाउचाउ, बिस्कुट, टूथपेस्ट, टूथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा, ग्लोभ्स, लगायतका राहत सामग्री रहेका छन् ।

राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्यहरु कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो, रुजुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । विपद्पछि नेपाल चेम्बरले राहत संकलन तथा वितरणसँगै उद्धार र सुरक्षा व्यवस्थापनमा समेत सहयोग गर्दै आएको छ ।

यस अघि चेम्बरले नेपाल प्रहरीलाई १७ वटा ड्रोन र विदुर नगरपालिकालाई २ वटा ड्रोन साथै १२५ वटा पावर बैंक हस्तान्तरण गर्नुका साथै तत्कालै राहतमा जुटन सहयोग पुगोस् भन्ने हेतुले प्रभावित जिल्लाका जिल्ला चेम्बरलाई नगद प्रदान गरि सहयोग उपलब्ध गराएको छ । त्यस्तै चेम्बरले भारतबाट सोलार पावर बैंक ५०० थान मगाउने व्यवस्था गरेको छ ।

चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा सरकारसँग सहकार्य गर्दै आएको जनाएको छ ।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा स्वास्थ्यजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले सदस्य तथा व्यवसायीहरूबाट राहत संकलन गरिएको र यस कार्यलाई निरन्तरता दिईने पनि चेम्बरको भनाइ छ ।

IME Life
kumari