stcnepal long ad
global ime bank long

सञ्चालनमा ल्यायो मुक्तिनाथ विकास बैंकले मिस्ड कल बैंकिङ सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मिस्ड कल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि यस्तो सेवा ल्याएको जनाएको छ । अब ग्राहकहरुले मिस्ड कल गरेर बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरु बारे सजिलै जानकारी लिन सक्ने छन् ।

यस सुविधा लिन ग्राहकहरुले बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञाशाको लागि सोही नम्बरमा सम्पर्क गरिने बैंकले जनाएको छ ।

निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ग्राहकहरुले ९८०१११००२२ मा र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ग्राहकहरुले ९८०१११००२३ मा फोन गर्न बैंकले आग्रह गरेको छ ।

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था मिलाएको समेत जानकारी दिएको छ ।

 

IME Lifesidebar
kumari