stcnepal long ad
global ime bank long

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बुटवल। लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले ), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि, आइतबार विहान नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा गरेर नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दावी पेश गर्नुभएको थियो ।

पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुअघि नेकपाबाट निर्वाचित सांसद विमला वलीले आफूले माओवादी केन्द्र पार्टी रोजेको जानकारी गराउनुभएको थियो ।

वलीको उक्त पत्र सार्वजनिक भएलगत्तै पोखरेल विरुद्ध एकगठ भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४० सांसदले पोखरेलसँग बहुमत नरहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त नगर्न प्रदेश प्रमुखसँग माग गरेका थिए ।

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

IME Lifesidebar
kumari