Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

‘सिद्धार्थ अक्सिजन लोन’ योजना सिद्धार्थ बैंकले ल्यायो

civilbank long ad

काठमाडौं ।  ‘सिद्धार्थ अक्सिजन लोन’ योजना सिद्धार्थ बैंकले ल्याएको छ । बैंकले मुलुकभर बढ्दो कोरोना संक्रमणसँगै संक्रमित बिरामीको उपचारमा अस्पताल तथा नर्सिङ होममा देखिएको अक्सिजन अभावलाई लक्षित गरी ‘सिद्धार्थ अक्सिजन लोन’ योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन, उपकरण खरिद तथा क्षमता विस्तारका लागि इच्छुक अस्पताल र नर्सिङ होमहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गर्नेछ भने सम्बन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गरिनेछ । कुनै पनि सेवाशुल्क नलाग्ने यो योजनामा सहज रूपमा कर्जा उपलब्ध गराइने बैंकले बताएको छ ।

यस्तो कर्जामा राष्ट्र बैंकबाट सहुलियत प्राप्त भए सहुलियत कर्जा निर्देशिका अनुरूप हुनेछ । सीमित अवधिका लागि ल्याइएको कर्जा सुविधाले हाल देशमा विद्यमान अक्सिजन अभाव हटाउन सहयोगी हुने विश्वास बैंकको छ ।


२ जेठ २०७८, आइतवार ०९:०६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad