citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

१२.८६ प्रतिशतले छयाङदी हाइड्रोपावरको नाफा घट्यो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । छयाङदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १२.८६ प्रतिशत ले थोरै हो । गत वर्ष यसैअवधिमा छयाङदीले १ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घटेपछि खुद नाफामा असर परेको छ । यस्तै, पहिरोको कारणले पाइपलाइनमा रहेका कामहरु समयमा पुरा हुन नसकेकोले विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ ।

कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १५.५२ प्रतिशत घटेर ३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसैअवधिमा यसले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ३ करोड ९३ लाख रुपैयाँबाट झरेर ३ करोड ९ लाख रुपैयाँमा सिमीत भएको छ ।

चैत मसान्त सम्ममा छयाङदीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ करोड ११ लाख रुपैयाँ रहेको छ । यता, प्रतिसेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसा भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा छ ।

himalayan life insurance
igi long