stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपका होटल तथा रेष्टुरेण्टमा छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तल उल्लेखित विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट पाउने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिरशेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा,डीम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

IME Lifesidebar
kumari