निफ्रा बाट पनि आरटीजीएस प्रणाली सञ्चालन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.(निफ्रा) ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ । यसका निम्ति connectRTGS प्रणालीमा निफ्रालाई एनएचसीएलले आवद्ध गराएको हो ।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तिय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो ।
यस सँगै २ लाख भन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको Fund Management थप सहज हुने अपेक्षा गरिएको छ ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न connectRTGS प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको छ ।






















