stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकका ग्राहकलाई निषेधाज्ञामा समन्वय कर्ताले सेवा दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोभिड९१९ को दोश्रो लहर कारण गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै ग्राहक समन्वय कर्ता सेवा सुरु गरेको छ । बैंकले यस्तो अवस्थामा बैंकिङ्ग कारोबार सहज र सुरि‍क्षित बनाउन ग्राहक समन्वय कर्ताहरुको व्यवस्था गरेको जानकारी दिएको छ ।

ग्राहक समन्वय कर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी छिटोभन्दा छिटो सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए ।

बैंकले यस्तो बेलामा डिजिटल बैंकिङ्ग अन्तर्गत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर कोड कनेक्ट आइपिएस जस्तो सेवा प्रयोग गर्नु आग्रह गरेको छ । ग्राहकले समन्वय कर्तासँग सेवा लिनका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari