citizens life insurance long ad
stcnepal long ad

बुटवल पावरले १३५ मेगावाटको मनाङ मर्स्याङदी निर्माण गर्न विदेशी लगानीकर्ता भित्र्यायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुटवल पावर कम्पनीले १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्न विदेशी लगानीकर्ता भित्र्याएको छ । विदेशी लगानीकर्ता भित्र्याएसँगै मनाङ मर्स्याङदीमा बुटवल पावरको स्वामित्व २२।४०५ रहने भएको छ ।

उक्त आयोजनाको विद्युत खरिदबिक्री सम्झाता गत चैत ९ गते भइसकेको कम्पनीले जनाएको छ । यस्तै, हाल प्रक्रियामा रहेको वित्तीय व्यवस्थापनको कार्य छिट्टै सम्पन्न गरी निर्माण कार्य सुरु गरिने भएको छ ।

साथै, सन् २०२५ को मार्च महिनाभित्र निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बुटवल पावरले जानकारी गराएको छ । मनाङ मर्स्याङदी जलविद्युत आयोजना मनाङ जिल्लाको चामे र नासोङ गाउँपालिकास्थित मर्स्याङदी नदीमा निर्माण हुन लागेको हो ।

IME Life
kumari